भरतपुर : चितवनमा अवैध व्यवसाय सञ्चालन गरेको आरोपमा १४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नेटवर्किङ विजनेसका नाममा ठगी गरेको आरोपमा मंगलबार भरतपुर–९बाट सञ्चालक सहित १४ जना पक्राउ गरेको हो ।
नेटवर्किङ सञ्चालन गरी एक आपसमा सामान किनाउने, लगानी गर्न लगाउने तथा बोनस सहित साप्ताहिक रुपमा तलब उपलब्ध गराउने, विदेश भ्रमणको आश्वासन दिलाई ठगी गरेको उजुरीको आरोपमा उनीहरु पक्राउ परेका हु्न् । उनीहरुले एक व्यक्तिबाट साढे दुई लाख रुपैयाँसम्म ठगि गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुले गाउँमा मुटुको धढकान र दाँतको हर्स लगायतका औषधि बिक्री वितरण गर्दै आएको बताइएको छ । उनीहरुले भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित वेणीचोकमा भिजिनरी यूथ इन्ट्रप्रेनर्स ट्रेनिङ इन्स्टिच्यूट लिमिटेड नामको बोर्ड राखि ग्लोबल ओरियन्स नेपालले नेटवर्किङ विजनेसका नाममा उनीहरुले व्यापार व्यापार गर्दै आएका थिए ।
पक्राउ पर्नेमा सबै चितवन जिल्ला बाहिरका रहेका छन् । पक्राउ पर्नेमा सञ्चालक धनबहादुर खत्री, उदयपुर कटारीका २८ वर्षिय लक्ष्मण बास्तोला, सोही ठाउँका २० वर्षिय गणेश कार्की, २२ वर्षिय दिपेश भन्ने मोहन बहादुर थापा, उदयपुर त्रियुगाका ४० वर्षिय राम बहादुर दियाली, सिन्धुली दुधौलीका २१ वर्षिय मिलन खत्री, ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाका २५ वर्षिय श्याम दियाली, बाराकी २१ वर्षिय पूर्णिमा चौधरी लगायत १४ जना पक्राऊ परेका हुन् ।उनीहरुले राम्रो कमाई र सेवा सुविधा हुने प्रलोभन देखाएर ठगी गरेको पीडितले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij