जलविरे, १७ असार : चितवनको इच्छाकामना गाउँपालिका र पशु सेवा कार्यालय भरतपुर,चितवनको साझेदारीमा “समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत इच्छाकामना–६ मा प्रजनन योग्य बीऊ पाठी तथा ब्याड बोका वितरण गरिएको छ। वडा नं. ६ को तुन्तेस ईनारपानी बाहुनडाँडा र आधामाराका बाख्रापालक ४४ घरधुरी किसानलाई प्रति किसान दुई/दुई वटाका दरले बीऊ पाठी तथा चार वटा समूहलाई एक/ एक वटा ब्याड बोका प्रदान गरिएको वडाध्यक्ष लक्ष्मण चेपाङले बताउनुभयो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायतको उपस्थितिमा वितरण कार्यक्रम इच्छाकामना–६ को कार्यालय, जलविरेमा सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले स्थानीय स्तरमा आत्मनिर्भर कृषि प्रणाली विकास गर्ने उद्देश्यले गाउँपालिकाले एक वडा, एक उत्पादन अवधारणा अनुसार कृषि र पशुपालनमा ध्यान केन्द्रित गरेको बताउनुभयो । यो कार्यक्रमले कृषकको आम्दानी वृद्धि गर्नुका साथै आत्मनिर्भरता तर्फको यात्रालाई मजबुत बनाउने उहाँको भनाई छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij