Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुर- २ मा कपाल काट्ने तालिम सम्पन्न

भरतपुर- २ मा कपाल काट्ने तालिम सम्पन्न

चितवन, १७ असार : भरतपुर महानगरपालिका वडा नम्बर २ मा कपाल काट्ने तालिम सम्पन्न भएको छ । वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ ।वडाले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य सहित २२ दिनसम्म कपाल काट्ने आधारभुत तालिम दिएको हो । तारा व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको सहकार्यमा पहिलो चरणमा ८ जना युवाहरुलाई तालिम दिईएको अध्यक्ष मनोज रानाभाटले जानकारी दिनुभयो ।‘हामीले देशमै केही गरौं भन्ने युवालाई लक्षित गरी तालिम दिएका हौं, यसले त्यस्ता युवाहरुको परिवारलाई आयआर्जनमा जोड्न पनि मदत पुग्छ ।’ अध्यक्ष रानाभाटले भन्नुभयो ।

रानाभाटका अनुसार तालिम लिएका मध्ये एकजना युवालाई यो आर्थिक बर्षमा पसल सञ्चालन गर्न सैलुनमा चाहिने सामाग्री पनि नि:शुल्क उपलब्ध गराईनेछ । ‘यो आर्थिक वर्षमा यो वडामा पसल गर्न चाहने एकजना युवालाई सैलुनमा चाहिने सबै सामग्री उपलब्ध गराउंँछौँ´, उहांँले भन्नुभयो – `अर्को वर्ष फेरी अर्को युवालाई दिनेछौँ ।´ तालिममा ट्रेनिङ्ग सेन्टरका तारा गुरुङ्ग र सन्तोष ठाकुरले प्रशिषण दिनु भएको थियो ।

सो अवसरमा बोल्दै प्रशिक्षक ठाकुरले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई सैदान्तिक तथा व्यवहारिक तालिम दिएको बताउनु भयो । प्रशिक्षक ठाकुरले वडा नम्बर २ मा रहेका सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको कपाल काटिएको जानकारी दिनुभयो ।

प्रशिक्षार्थी दीपक तामाङले यही पेशा अपनाउन तालिम लिएको बताउनुभयो । आगामी दिनमा वडाबाटै एडभान्स तालिम पाउने अपेक्षा गरेको उहाँको भनाई थियो । तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । वडा सदस्य बेलपत्र श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रम वडा सचिव तारा लम्सालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु परशुराम पौडेल, बलराम सिटौला, उर्वशी गोतामे, वडाका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट