Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक बन्द

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक बन्द

चितवन : पूर्वपश्चिम राजमार्ग अन्तरर्गत नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाए पछि वैकल्पिक मार्गको रुपमा सञ्चालन गरिएको बिनयी त्रिवेणी ३ स्थित खरङ्गे खोलामा बर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो ।

खोलामा पानीको बहाब बढेपछि खरङ्गे खोलामा कुनै पनि सवारी साधन पास हुन नसकेको हो । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिन यता राम्ररी सञ्चालनमा आउन सकेको छैन ।

दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ । दुम्किबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएको छ । पाल्पा लगायत नवलपुरका पहाडि क्षेत्रमा पानी पर्ना साथ दुम्किबासको विनयी खोला र त्यसका आसपासका सहायक नदीहरुमा पानीको बहाब बढ्ने गर्दछ ।

पछिल्लो दुई दिन घाम लागेका कारण यस सडक खण्डको दाउन्ने र दुम्किबासमा यात्रा केही सहज भए पनि रातिदेखि परेको पानीले पुन असहज भएको छ ।

दुम्किबासको विनयी खोलामा पुल भाँचिएको करिब ६ महिना पुगिसक्दा पनि यहाँ नयाँ पुल निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन ।

दुम्किबासको विनयी खोलामा डाइभर्सन नबन्दा र पुल निर्माण कार्य नसकिएका कारण यो बाटो भएर सञ्चालन हुने सयौं सवारी साधनहरु दुम्किबास–सर्दी– होङसी गेट आउने २८ किलोमिटर बढी यात्रा गर्न बाध्य छन् । उक्त बाटो पनि आज विहानदेखि अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

यता दुम्किबासको विनयी खोलामा पुल निर्माणको काम सकिएको आज २२ दिन कटेको छ तर पनि यो पुल तत्काल खोल्ने पक्षमा बुटवल नारायणगढ सडक विस्तार गरिरहेको ठेकेदार पक्ष चाइना स्टेट कम्पनी देखिएको छैन । असार १४ गते सञ्चालनमा ल्याइने भनेको पुल असार १५ सम्म पनि सञ्चालनमा ल्याइएको छैन ।

विनयी खोलामा बनेको नयाँ पुल छिटोमा असार २० सम्म सञ्चालनमा ल्याइने पक्षमा ठेकेडार पक्ष चाइना स्टेट कम्पनी देखिएका छन् । चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाले असार २० भन्दा अगाडि पुल सञ्चालनमा आउने कुनै सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट