Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

एसईई २०८१: न्यू होराइजन स्कुलले भरतपुरमा राख्यो बलियो शैक्षिक उपस्थिति

एसईई २०८१: न्यू होराइजन स्कुलले भरतपुरमा राख्यो बलियो शैक्षिक उपस्थिति

भरतपुर : भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हात पार्दै वडा नं. २ मा शैक्षिक उत्कृष्टताको नयाँ कीर्तिमान स्थापित गरेको छ।

विद्यालयले सार्वजनिक गरेको नतिजा विवरणअनुसार, १५ जना विद्यार्थीले ३.६० जीपीएभन्दा माथि, २५ जना विद्यार्थीले ३.२० जीपीएभन्दा माथि, र १० जना विद्यार्थीले २.८० जीपीएभन्दा माथिको नतिजा ल्याउन सफल भएका छन्। उत्कृष्ट नतिजासहित न्यू होराइजन स्कुल भरतपुर क्षेत्रमै अग्रणी शैक्षिक संस्था बनेको छ।

यस वर्षको एसईईमा विद्यालयकी अनुष्का पौडेलले ३.९६ जीपीए प्राप्त गर्दै विद्यालय टपरको उपाधि हात पारिन्। त्यस्तै, स्मृति गुरुङले ३.९५ जीपीएसहित दोस्रो स्थान र सिमोना बिष्टले ३.९३ जीपीएसहित तेस्रो स्थान प्राप्त गरेकी छन्।

विद्यालयको सफलता बारे प्राचार्य केशव लम्सालले प्रतिक्रिया दिँदै भन्नुभयो,“हाम्रो नतिजा केवल अंकको जित होइन, शिक्षामा हाम्रो मूल्य, योजना र दीर्घकालीन सोचको पुष्टि हो। न्यू होराइजनले विद्यार्थीलाई परीक्षा केन्द्रित मात्रै होइन, जीवनमै अग्रणी बनाउने लक्ष्यका साथ काम गरिरहेको छ। विद्यार्थीहरूको अनुशासन, अभ्यास र शिक्षकहरूको समर्पण नै यस नतिजाको मूल आधार हो।”

विद्यालयका अध्यक्ष श्रीधर घिमिरेले विद्यालयको सफलता एक रणनीतिक यात्राको रूपमा व्याख्या गर्दै भन्नुभयो,“न्यू होराइजनको उपलब्धि व्यवस्थापनको स्पष्ट सोच, टिमवर्क र अभिभावकको विश्वासकै परिणाम हो। हामी यस सफलतालाई अझ दृढता र नवीनताको दिशामा लैजाने तयारीमा छौं।”

कार्यकारी निर्देशक बसन्त रानाभाटले विद्यालयको शिक्षण प्रक्रिया र मूल्यमा आधारित संस्कारलाई सफलताको मूल जड बताउँदै भन्नुभयो,“सिर्जनशीलता, मूल्य र व्यवहारलाई शिक्षा सँगै पस्कँदै आएको हाम्रो प्रयास यसपटक योजनाबद्ध कार्यान्वयन र सामूहिक प्रतिबद्धताको प्रमाणस्वरूप प्रस्तुत भएको छ।”

विद्यालयले आगामी शैक्षिक वर्षहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली, अनुसन्धानमुखी अभ्यास र विद्यार्थी–केन्द्रित वातावरणमार्फत अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।नतिजासँगै न्यू होराइजन स्कुल परिवारले एसईई २०८१ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट