Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रत्ननगरका सामुदायिक विद्यालयको एसईई :जनजागृति शीर्षमा, द्वारीकादास कमजोर

रत्ननगरका सामुदायिक विद्यालयको एसईई :जनजागृति शीर्षमा, द्वारीकादास कमजोर

रत्ननगर, असार १४ : रत्ननगर नगरपालिकाका १६ सामुदायिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा सहभागी ६०५ जना विद्यार्थीमध्ये ४१२ जना (६८.१%) उत्तीर्ण भएका छन्। नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेका अनुसार जन जागृती माध्यमिक विद्यालयले ९२.६८% उत्तीर्ण दरसहित शीर्ष स्थान हासिल गरेको छ भने द्वारीकादास माध्यमिक विद्यालयको नतिजा सबैभन्दा कमजोर रहेको छ।

जन जागृती मावीबाट परीक्षामा सहभागी १२३ जना विद्यार्थीमध्ये ११४ जना उत्तीर्ण भएका छन्, जुन रत्ननगरको सामुदायिक विद्यालयमध्ये सर्वाधिक हो। यस विद्यालयका स्वागत दाहालले ३.९६ जीपीए ल्याएर रत्ननगरको सामुदायिक विद्यालयमध्ये सर्वाधिक अंक प्राप्त गरेका छन्। यस्तै, छात्रातर्फ नेपाल नमूना माध्यमिक विद्यालयकी भावना लामिछानेले ३.९१ जीपीए हासिल गरेकी छन्।

यता, द्वारीकादास मावीको नतिजा निराशाजनक रहेको छ। यस विद्यालयबाट सहभागी १८ जना विद्यार्थीमध्ये केवल ५ जना (२७.७८%) मात्र उत्तीर्ण भएका छन्।

अन्य सामुदायिक विद्यालयको उत्तीर्ण दर यसप्रकार छ:

  • – बकुलहर मावी: ८६.६७%
  • – नेपाल नमूना मावी: ४७.५२%
  • – झुवानी मावी: ७६.४%
  • – बछौली मावी: ५२.१७%
  • – मालपूर मावी: ५९.३७%
  • – चित्रसारी मावी: ५०%
  • – मोहना मावी: ५२.६३%
  • – कपरफोरी मावी: ५०%
  • – बैरिया मावी: ८५.७१%
  • – पंचकन्या मावी (जिरौना): ७८.५७%
  • – पंचकन्या मावी (जयमंगला): ६७.५%
  • – जनोदय मावी: ४५.४५%
  • – भद्रकाली मावी: ७५%
  • – माधवपुर मावी: ५०%

सहभागी विद्यार्थी संख्याको आधारमा जन जागृती मावीबाट सबैभन्दा धेरै (१२३ जना) र जनोदय मावीबाट सबैभन्दा कम (११ जना) विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट