चितवन : राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगरकमिटीद्वारा आज भरतपुर-२९ दासढुंगामा रहेको मदनआश्रीत स्मृति पार्कमा वृक्षारोपण कार्य गरि वृक्षारोपण अभियानको शुभारम्भ गरेको छ। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीद्वारा सञ्चालित १ महिने वृक्षारोपण अभियान अन्तर्गत रहेर महानगर कमिटीले पनि अभियान शुभारम्भ गरेको युवा नेता शंकर अधिकारीले वताए।

महानगर कमिटी अध्यक्ष राम कार्कीको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि नेकपा(एमाले) केन्द्रीय पोलिटव्युरो सदस्य देवि ज्ञवाली, पार्टिका केन्द्रीय सदस्यहरु प्रभा वराल, कृष्णभक्त पोख्रेल, वागमति प्रदेश उपाध्यक्ष दावादोर्जे लामा, जिल्ला अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम विष्ट, सचिव प्रकाश ढुंगाना, जिल्ला लेखा कमिटीका अध्यक्ष शंकर अधिकारी लगायत पार्टिका नेताहरु तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अमृता भट्टराई, जिल्ला अध्यक्ष झलकराज भट्ट, वागमती प्रदेश कमिटी सदस्य, महानगर ईन्चार्ज कृष्णप्रसाद अधिकारी, रोजिना भट्टराई, निवर्तमान केन्द्रीय सदस्य शिव ढकाल लगायत जिल्ला कमिटी पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो।

कपुर, निम, चिउरी, अम्वा, कागति, अमला, हर्रो,वर्रो, तेजपत्ता, विरेन्द्र फुल, धुपी लगायत करिब २०० बिरुवा वृक्षारोपण गरिएको छ।राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले हरेक वर्ष यहि समयलाई लक्षित गरेर १ महिने वृक्षारोपण अभियान सञ्चालन गर्दै आईरहेको राष्ट्रिय युवा संघ नेपालका चितवन जिल्ला सचिव उत्तम सेढाईले वताए।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij