भरतपुर–१० स्थित अर्किड माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेको छ ।विद्यालयका अध्यक्ष आकास पौडेलका अनुसार विगतका वर्षहरूको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै यस वर्ष पनि विद्यालयले प्रभावशाली सफलता प्राप्त गरेको छ ।
यस वर्ष समृद्धि रेग्मी, स्नेहा आचार्य र सुशील सुवेदी गरि तीन जनाले जिपिए ४.० प्राप्त गर्न सफल भएका छन् ।विद्यालयका ७२ जना विद्यार्थीले जिपिए ३.६० देखि ३.९६ सम्म प्राप्त गरेका छन्, त्यसैगरी २.६ देखि ३.२ जिपिए प्राप्त गरेका विद्यार्थीहरूको संख्या ५२ रहेको छ ।अर्किड माविबाट यस वर्ष १३० जना विद्यार्थीले एसईई दिएका थिए जसमध्ये १२७ जना पास भएका छन् ।

गत वर्ष पनि अर्किड माविका २ जना विद्यार्थीले पूर्ण जिपिए ४.० प्राप्त गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij