Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए

नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए

चितवन :  २०८१ सालको  माध्यमिक शिक्षा परीक्षा (एसईई)मा  चितवनको भरतपुरस्थित नारायणी नमुना माविबाट ७ जनाले ४ जीपीए ल्याएका छन्। नारायणीबाट ३ सय ६८ जनाले एसईई दिएकामा ७ जनाले ४ जिपिए ल्याएका हुन् ।

यस्तै २ सय ६५ जनाले ३.६ देखि ४, ८४ ले ३.२ देखि ३.६ जिपिए, १० जनाले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालयले जनाएको छ । यस्तै एक जना विद्यार्थी मात्रै ‘नन ग्रेडेड’ छन् । नारायणी माविले वर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यालयमा ३६ सय विद्यार्थी अध्ययनरत छन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट