Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गैंडाले आक्रमण गर्दा सनिश्चरा दराईको ज्यान गयो

गैंडाले आक्रमण गर्दा सनिश्चरा दराईको ज्यान गयो

चितवन,असार १२ : चितवन राष्ट्रिय निकुञ्ज आडको मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ५२ वर्षीय सनिश्चरा दराईको बिहीबार बिहान गैंडाले आक्रमण गर्दा ज्यान गएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका उनी राप्ती नगरपालिका–६ स्याउली टोलका हुन् ।राप्ती एकता मध्यवर्ती सामुदायिक वनको भसामाडी तल्लो ताल क्षेत्रमा घाँस काट्न गएका बेला सनिश्चरालाई गैंडाले आक्रमण गरेको चितवन निकुञ्जको खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नवराज पाठकले बताए । उनको घटनास्थलमै ज्यान गएको हो ।

बिहान ६ बजेतिर उनलाई गैंडाले आक्रमण गरेको थियो । घटनास्थलमा हसियाँ, एउटा खाली बोरा र एक मुठा घाँस पनि रहेको उनले बताए । ‘बिहान घाँसको जोहो गर्न गएका बेलामा घटना भएको हो,’ अध्यक्ष पाठकले भने ।जंगली जनावर ओहोरदोहोर गर्ने क्षेत्रमा सावधान भएर क्रियाकलाप गर्न निकुञ्ज प्रशासनले अपिल गरेको छ । चार जिल्ला जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ, गैंडा, जंगली हात्ती, बँदेल, गोहीजस्ता जंगली जनावरको आक्रमणमा परेर बर्सेनि ५ देखि २५ जनासम्मको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट