चितवन, असार १२: भरतपुर महानगरपालिका वडा नं. १२ स्थित हाम्रोटोल टोल विकास संस्थाको आयोजनामा एक दिने "आधारभूत प्राथमिक उपचार तालिम" सम्पन्न भएको छ। टोल विकास संस्थाको हलमा आयोजित उक्त तालिम विहान ११ बजेबाट सुरु भएको थियो।तालिमको अध्यक्षता संस्थाका अध्यक्ष रोहित बहादुर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा १२ नम्बर वडा अध्यक्ष श्री लेखराज पन्तको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भरतपुर महानगरपालिकाको विपद तथा वातावरण व्यवस्थापन महाशाखाका प्रमुख विस्सु राम कुँवर सहभागी हुनु भएको थियो।कार्यक्रममा अन्य अतिथिहरूको रूपमा हाम्रोटोल आमा समूहकी अध्यक्ष गंगा रिजाल, संस्थाका भूतपूर्व अध्यक्ष नारायणदत्त त्रिपाठी हुनुहुन्थ्यो ।
प्रमुख प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमितिका सदस्य रूद्र अधिकारी, प्रशिक्षक तथा वे ग्रुप नेपालका केन्द्रिय उपाध्यक्ष हरिप्रसाद न्यौपानेले ५ घण्टाको तालिम सफलतापूर्वक सम्पन्न गराउनु भयो ।तालिममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सुस्मिता श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन ईश्वर चन्द्र पौड्याल, सचिव, हाम्रोटोल टोल विकास संस्थाले गर्नुभएको थियो।तालिम नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा चितवनको प्रविधिक सहयोग र भरतपुर महानगरपालिका, विपद तथा वातावरण व्यवस्थापन महाशाखाको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागीहरूले प्राथमिक उपचारको महत्त्व, दुर्घटनामा प्राथमिक सहायता कसरी दिने, बेहोसी पहिचान, रक्तश्राव रोकावट, विषालु किराको टोकाइ, सर्प, कुकुर को टोकाइ र जीवनरक्षक उपायहरूको बारेमा प्रयोगात्मक ज्ञान प्राप्त गरेका थिए।६० जना स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले विपद् वा दुर्घटनाका बेला समुदाय स्तरमै प्रभावकारी प्रतिक्रिया दिन सक्षम जनशक्ति तयार पार्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij