Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पर्सा प्रहरीमा त्यो सूचनालाई पछाउदा, बरामद भयो, ३ क्विन्टलभन्दा धेरै चरेश

पर्सा प्रहरीमा त्यो सूचनालाई पछाउदा, बरामद भयो, ३ क्विन्टलभन्दा धेरै चरेश

चितवन : पर्सा प्रहरीले एउटा सूचना पच्छयाउँदा ३ क्विन्टलभन्दा धेरै परिमाणमा चरेश बरामद भएको छ ।प्रहरीले परवानिपुरबाट ड्राईपोर्टतर्फ गइरहेको ट्रक चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी सिर्सियाकाका कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई प्राप्त सूचना उनले तत्काल पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रलाई जाहेर गरे । एसपी मिश्रले पनि एक सेकेण्ड पनि खेर नफाली तत्काल आफ्नै सक्रियतामा प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट टोली बनाए ।

यसरी खटिएको संयुक्त प्रहरी टोलीले बिरगंज महानगरपालिका–२१ स्थित परवानिपुर चौकमा प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई शंका लागि जाँच गर्दा ट्रकको पछाडिको ढालाबाट चरेशजस्तो देखिने पदार्थ फेला पारेको हो।

तौल गर्दा उक्त पदार्थको परिमाण करिब ३ क्विन्टल १७ केजी ५ सय ग्राम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, चरेशजस्तो देखिने ३ केजी धुलो पदार्थ पनि बरामद गरिएको छ। ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध चरेश १३ पोकामा ३१९ केजी फेला परेको हो ।

प्रहरीले ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–१२ बस्ने ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ। उनको साथबाट नगद १ लाख ९२ हजार रुपैयाँ पनि बरामद गरिएको छ।बरामद भएका सामग्रीसहित पक्राउ परेका स्याङ्तानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट