Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणगढ- मुग्लिङ सडक खण्ड २ घण्टा बन्द, भिरमा अड्किएको ढुङ्गा हटाइँदै

नारायणगढ- मुग्लिङ सडक खण्ड २ घण्टा बन्द, भिरमा अड्किएको ढुङ्गा हटाइँदै

चितवन : नारायणगढ- मुग्लिङ खण्डमा सडकमाथि अड्किएर बसेको ढुङ्गा हटाउन दुई घण्टा सो सडक खण्ड बन्द गर्ने निर्णय गरिएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म सो सड्क खण्ड बन्द गर्न लागिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।

तुइन खोला नजिकै पहिरोको जोखिम भएको हुनाले भिरमा अड्किएको ढुङ्गा हटाउन लागिएको उनले बताए । गतवर्ष चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोका कारण बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।

त्यस्तो घटना न्यूनीकरण गर्न सडकको माथिल्लो भागमा जम्मा भएर बसेको गेग्रान समेत ट्राफिक प्रहरीले स्थानीय निकायको सहयोगमा हटाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट