Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाको नवनिर्मित विद्यालय भवनको उद्घाटन

राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाको नवनिर्मित विद्यालय भवनको उद्घाटन

इच्छाकामना,११असार ।  चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाको नवनिर्मित चार कोठे पक्की विद्यालय भवनको समुद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच  नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले यस विद्यालयले गाउँपालिका स्तरीय कक्षा ८को परिक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा धन्यवाद तथा बधाई दिनुभयो । कतीपय सामुदायिक विद्यालयमा धेरै फेल हुने भएका कारण अन्यात्र टाढा विद्यालय पाठउने गरेकोमा सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरु पास हुन्छन् राम्रो अंक ल्याउन सक्छन् भन्ने यस विद्यालयले अभिभावकहरुलाई विश्वास दिलाउन सकेको बताउनुभयो । उहाँले गाउँपालिकाले गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभयो । यहाँ थप विद्यालय भवन आवश्यक रहे पनि यहाँ भन्दा  अन्य ठाउँका विद्यालयको भवन बढी जिर्ण भएकाले यस बर्ष बजेट विनियोजन गर्न नसकेको बताउँदै अध्यक्ष गुरुङले  अर्को बर्ष ६ कोठे भवन निर्माणका लागि बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले  हरेक बाधा अड्चनकाबिच पक्की विद्यालय भवन बनाउन सफल भएको बताउनुभयो ।भवन निर्माणका लागि लागी पर्ने सबैलाई धन्यवाद दिनुभयो । सत प्रतिशत पास गराउन सफल भएकोमा शिक्षक विद्यालय व्यवस्थापन समिति र अभिभावक लगायतलाई पनि धन्यवाद दिनुभयो । साथै बालबालिकाहरुलाई स्वस्थ बनाउन सरसफाईमा ध्या

510810881_9956489524458533_7636440640845365504_n1750871494.jpgन दिन आग्रह गर्नुभयो । विद्यालयमा के भइरहेको छ  हरेक अभिभावकले चासो राख्नुपर्ने बताउनुभयो।

वडाध्यक्ष तेज बहादुर शेचरनले यस वडामा रहेको ३ वटा विद्यालय मध्ये पामडाडाँ अधारभूत विद्यालयले सतप्रतिशत पास गराउनुका साथै विद्यालय व्यवस्थित भएको बताउनुभयो । यस विद्यालयलाई आवश्यक भौतिक पुर्वाधारका लागि वडा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै यस वडामा आर्थिक बर्ष २०८२÷०८३ मा सडक लगायत विभिन्न विकास निर्माणका लागि झण्डै ११ करोडको हाराहारीमा बजेट विनियोजन भएको र यसलाई कार्यन्वयनका लागि स्थानीयहरु चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

वडा सदस्य तारा गुरुङले यस विद्यालयको नयाँ भवन निर्माणसगैँ शैक्षिक गुणस्तरमा पनि थप सुधार हुनेमा विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले यस वडाको  शिक्षा लगायत विकास निर्माणका कार्यहरुमा आफु निरन्तर लागीरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालयमा प्रधानाध्यापक यान बहादुर गुरुङले यस चार कोठे विद्यालय भवन निर्माणले केही राहत मिलेकोमा खुशी व्यक्त गर्दै यहाँ अझै विद्यालय भवन आवश्यक रहेकोमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडाध्यक्षलाई ध्यानकर्षण गराउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर गुरुङले यस भवन निर्माणका लागि सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो । साथै यहाँ थप भवनको आवश्यक रहेको र  गाउँपालिका अध्यक्ष ले ६ कोठे भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै पुन धन्यवाद दिनुभयो ।

साथै कक्षा १ देखि ८ सम्म प्रथम, द्धितिय,तृतिय हुने विद्यार्थी र विभिन्न विद्यामा प्रथम द्धितिय तृतिय हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष वडाध्यक्ष लगायतले पुरस्कार वितरण तथा सम्मान गर्नुभएको हो । कार्यक्रममा विद्यार्थी,शिक्षक अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट