Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नियमविपरीत उत्खनन गर्ने जेसीबीलाई एक लाख रुपैयाँ जरिवाना

नियमविपरीत उत्खनन गर्ने जेसीबीलाई एक लाख रुपैयाँ जरिवाना

चितवन :  जिल्ला समन्वय समिति चितवनले नियमविपरीत नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा एक जेसीबी मेसिनलाई नियन्त्रणमा लिएर एक लाख रुपैयाँ जरिवाना गरेको छ। असार ९ गते साँझ ५ बजे दासढुंगा नजिकै नारायणी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा प्रदेश नं. १–००४ क २४५५ नम्बरको जेसीबीलाई नियन्त्रणमा लिइएको हो। जिल्लामा जेठ मसान्तपछि नदीजन्य पदार्थ उत्खननमा रोक लगाइए पनि नदीमै पुगेर उत्खनन भइरहेको सूचनाका आधारमा कारबाही गरिएको जिल्ला समन्वय समिति चितवनले जनाएको छ।

समितिका प्रमुख नारायण प्रसाद अधिकारीले अबैधरूपमा उत्खनन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने स्पष्ट पार्नुभयो। उहाँका अनुसार वातावरणीय सन्तुलन र सार्वजनिक हितका लागि अवैध उत्खनन नियन्त्रण गर्नु अत्यावश्यक भएकोले यस्ता गतिविधि सह्य नहुने चेतावनीसमेत दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट