Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भीरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भीरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

चितवन: चितवनमा श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् । घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।भीरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका– ४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमानसँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भीरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भीरबाट हाम फालेका थिए ।

कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट