Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनको खैरहनी नगरपालिकाको ल्यायो १ अर्ब ३ करोड ८५ लाखको बजेट

चितवनको खैरहनी नगरपालिकाको ल्यायो १ अर्ब ३ करोड ८५ लाखको बजेट

चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२०८३ का लागि १ अर्ब ३ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको छ ।नगर उपप्रमुख कविता उप्रेतीले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्दै चालुतर्फ ५० करोड १ लाख ४८ हजार (४८.१६ प्रतिशत) र पूँजीगततर्फ ५३ करोड ८३ लाख ६५ हजार (५१.८४ प्रतिशत) विनियोजन गरेको जानकारी दिइन् ।

चालु आर्थिक बर्षमा पालिकाले १९ करोड ४७ लाख आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको भए पनि बैशाख मसान्तसम्म १३ करोड २ लाख ४७ हजार राजश्व मात्रै संकलन भएको पालिकाले जनाएको छ ।लक्ष्यको ६६।९० प्रतिशत राजश्व उठेको र जेठ र असार महिनासम्म चालु आवमा राजश्वको लक्ष्य पूरा हुने पालिकाको दावी छ ।

पालिकाले आगामी आर्थिक बर्ष आन्तरिक आय १९ करोड ८० लाख ५० हजार, संघीय सरकारको सशर्त अनुदान २६ करोड ४४ लाख, संघीय समानीकरण अनुदान १५ करोड ५४ लाख, संघीय राजश्व बाँडफाँडबाट १२ करोड ३८ लाख ५३ हजार, संरक्षित बन रोयल्टी ७८ लाख ४० हजार, सङ्घीय सरकार विषेश अनुदान ५ करोड १० लाख, समपरूक अनदुान ३ करोड २४ लाख, प्रदशे सरकारबाट सशर्त अनदुान ३ करोड १४ लाख १० हजार, प्रदेशको समानीकरण अनुदान १ करोड ६३ लाख ७६ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडमा सवारी साधान करबाट ७ करोड १८ लाख, प्रदेश सरकार समपूरक अनुदान २ करोड २२ लाख, प्रदेश सरकार विषेश अनुदान ६५ लाख, सडक बोर्ड नेपालबाट ५० लाख, लागत सहभागिताबाट ५० लाख, चालु आवको अनुमानित बैंक मौज्दात ४ करोड ४० लाख गरी कुल जम्मा १ अर्ब ३ करोड ८५ लाख १३ हजार ३ सय ५० आय प्राप्त हुने नगरपालिकाको अनुमान छ ।

नगरपालिकाले प्रशासनिक खर्चका लागि १२ करोड ३० लाख, नगरस्तरीय पूर्वाधार तथा कार्यक्रमका लागि ६ करोड ७१ लाख, वडास्तरीय योजनाका लागि १७ करोड २६ लाख, विषयगत शाखाका लागि १४ करोड ५ लाख, नगरस्तरीय विभिन्न कोषमा १ करोड ५० लाख, समपुरक कोषमा ९ करोड ९१ लाख बजेट खर्च हुने अनुमान छ ।

पालिकाले आर्थिक विकास तर्फ १२ करोड ६४ लाख, सामाजिक विकासमा ३५ करोड ८९ लाख, पूर्वाधार विकासमा ३८ करोड १७ लाख ५८, सुशासन तथा संस्थागत विकासमा २ करोड ४२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १२ करोड ३३ लाख खर्च गर्ने गरी पालिकाले बजेट विनियोजन गरेको छ ।पालिकाले चालु आर्थिक बर्षमा जस्तैं आगामी आर्थिक बर्षमा पनि सबै वडाका लागि १७ करोड २६ लाख बजेट विनियोजन गरेको छ ।

कुल १७ करोड २६ लाख बजेट विनियोजन गरिएकोमा सो मध्ये ८ करोड ६३ लाख रकम सबै वडालाई समान ६६ लाख ३८ हजार हुने गरी र बाँकी रकम जनसंख्याको आधारमा ४० प्रतिशत, भूगोल ४० प्रतिशत, पिछडिएको क्षेत्र १० प्रतिशत र राजश्वमा गरेको योगदानलाई १० प्रतिशत भार दिई थप बजेट विनियोजन गरिएको छ । यसो गर्दा वडाहरुले सबैभन्दा बढि पाउने वडाले १ करोड ६३ लाख ३४ हजार र सबैभन्दा कम पाउने वडाले १ करोड १२ लाख बजेट पाउने गरि विनियोजन गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म चालु खर्च ३५ करोड १२ लाख ४० हजार अर्थात ६७।७३ प्रतिशत र पूँजीगत खर्च ३७ करोड ३२ हजार रकम अर्थात ६२।१९ प्रतिशत खर्च भएको जानकारी दिए । असार समान्तसम्म चालु र पूँजीगत खर्च केही बढ्ने प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए ।

नगर प्रमुख शशी खनियाँले पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्पादनका आधारमा अनुदान दिने नीति पालिकाले लिएको बताए । उनले विदेशमा सिकेको सीप र ज्ञान स्वदेशी भूमिका योगदान भन्ने मन्त्रलाई आत्मसाथ गर्दै बैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि प्राविधिक क्षमता अभिवृद्धि गरी एक व्यवसायिक कृषकका रुपमा तयार पार्न पालिकाले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट