चितवन : हाम्रो नया अवसर सामुदायिक संस्था (ओनो नेपाल)ले राप्ति नगरपालिकाका तीन सामुदायिक विद्यालयलाई सरसफाइ, शैक्षिक सामाग्री तथा नगद हस्तान्तरण गरेको छ । संस्थाले राप्तिको भण्डारा मावि, काशीरुपा आधारभूत विद्यालय र जनज्योति आधारभूत विद्यालयका १५ विद्यार्थीलाई सरसफाइ सामग्री, शैक्षिक सामग्री तथा नगद हस्तान्तरण गरेको हो।
गरिब तथा जेहनदार विद्यार्थीलाई अघिल्लो वर्षबाट सुरु गरेको यो कार्यक्रमले विद्यार्थीहरूलाई १२ कक्षासम्म लाभन्धित हुने व्यवस्था राखिएको छ। राप्ती नगरपालिका वडा नम्बर ६ का वडा सदस्य सहदेव सेडाइले यस्ता रचनात्मक कार्यक्रम गरेकोमा ओनो नेपाललाई धन्यवाद समेत प्रकट गरे । यस्ता कार्यक्रम आगामी दिनमा गर्दा नगरपालिकाको तर्फबाट अथवा वडा कार्यालयको तर्फबाट अन्य सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रमको संयोजन ओनो नेपालकी जिल्ला संयोजक बिमला पाख्रिनले गरेकी थिईन ।
ओनो नेपालकी जिल्ला संयोजक बिमला पाख्रिनले स्वागत मन्तव्यको क्रममा विद्यार्थीलाई उनिहरुको आर्थिक स्थिति हेरेर छनोट गरिएको बताईन । कुनै पनि पक्षपाती तथा राजनीतिक दबाबमा विद्यार्थीहरू छनोट नभएको कुरा समेत उनले जानकारी दिईन । छनोट भएका विद्यार्थीहरू वास्तवमै उक्त कार्यको लागि योग्य रहेको समेत दावी गरिन।
त्यसैगरि शुभकामना मन्तव्य राख्ने क्रममा संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष भोलानाथ पौडेलले उक्त कार्यक्रमबाट विद्यार्थीहरू कक्षा १२ अध्ययन गर्ने समयसम्म लाभन्धित हुन पाउने कुरा समेत उनले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij