Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

तीर्थमानकलीले जन्माएको पोथी छावाको नाम विनम्रकली राखियो

तीर्थमानकलीले जन्माएको पोथी छावाको नाम विनम्रकली राखियो

चितवन : हात्ती प्रजनन् केन्द्र खोरसोरमा तीर्थमानकलीले जन्माएको पोथी छावाको वैदिक विधिअनुसार नामकरण गरिएको छ ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले छावाको नाम विनम्रकली राखिएको बताउनुभयो । गत जेठ ३० गते राति यो छावा जन्मिएको थियो ।

यो आर्थिक वर्षमा प्रजनन् केन्द्रमा चार वटा छावा जन्मिएकोमा योमात्रै पोथी रहेको केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिनुभयो । २०४४ सालमा स्थापना भएको हात्ती प्रजनन् केन्द्रमा अहिलेसम्म ६७ वटा छावा जन्मिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट