काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अध्यक्षमा एन बी अन्जान निर्विरोध चुनिएका छन् । समाजको बिहीबार सम्पन्न अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति पनि बनाएको छ ।
जसमा सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना न्यौपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेका छन् ।
अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्ययतामा सम्पन्न अधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति रहेको थियो । जसमा निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा संयोजक, पोर्चुगल सल्लाहकार अर्जुन श्री सदस्य र नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेका थिए ।
अधिवेशन लगतै बसेको कार्यसमिति बैठकले समाजका लागि ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा रबिन अधिकारी, यादव देवकोटा, सबी श्रेष्ठ, अर्जुन श्री र आरपी पन्त रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij