Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बिनाशर्त आत्मसमर्पण गर्न ट्रम्पद्वारा इरानी नेतालाई आग्रह

बिनाशर्त आत्मसमर्पण गर्न ट्रम्पद्वारा इरानी नेतालाई आग्रह

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बिनाशर्त आत्मसमर्पण गर्न माग गर्नुभएको छ । इरानी नेता आयोतोल्ला अली खामेनी बसेको स्थान आफूलाई थाहा भएपनि हालका लागि खामेनी सुरक्षित रहेको ट्रम्पले बताउनुभयो । ट्रम्पले कम्तीमा अहिलेका लागि खामेनीलाई नमारिने बताउनुभयो ।

इजरायल र इरानबीचको युद्ध छैटौँ दिनमा पुग्दा आपसी बम आक्रमण र प्रत्याक्रमणसँगै वाक् युद्ध पनि जारी छ । त्यसै क्रममा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत इरानी नेतालाई आत्मसमर्पणको आग्रह गर्नुभएको हो ।

अर्को सामाजिक सञ्जाल एक्समा इरानी नेता खामेनीले भने इरानले कुनै सम्झौता नगर्ने जवाफ लेख्नुभएको छ । खामेनीले इरानी आकाश पूर्णरुपमा आफूहरूको नियन्त्रणमा रहेको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैबीच मानवअधिकारवादी संस्थाहरूले शुक्रबारयता इरानमा इजरायली आक्रमणमा ४ सय ५० जनाभन्दा बढी मारिएको बताएका छन् । त्यसैगरी इजरायलमा २४ जना मारिएको तथ्याङ्क छ ।दुवै देशले एकअर्कालाई बम प्रहार गरिरहेका छन् । पछिल्लो खबर अनुसार इरानले “फताह वान् हाइपरसोनिक क्षेप्यास्त्र तेलअभिभमा प्रहार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij