Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो

नयाँ दिल्ली : अनुसन्धाताहरूले अहमदावादमा दुर्घटनामा परेको एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर (सीभीआर) फेला पारेका छन् । सीभीआर फेला परेसँगै दुर्घटनाको कारण पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ ।

अहमदावादबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर बिहीबार उडान भरेको केही बेरमै दुर्घटनामा परेको थियो । यस घटनामा २७० जनाको मृत्यु भएको थियो । मृत्यु अधिकांश विमानका यात्रु थिए । केहीको भने विमान दुर्घटना भएको स्थानमा परेर मृत्यु भएको थियो ।

सीभीआरमा पाइलटले गरेको कुराकानी, अलार्म लगायत ककपिटमा गतिविधिको आवाज रेकर्ड हुन्छ ।

शुक्रबार विमानको फ्लाइट डाटा रेकर्डर पनि भेटिएको थियो । सीभीआर र एफडीआर विमानको ‘ब्ल्याक बक्स’का रूपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij