Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हङकङबाट दिल्ली आइरहेको एयर इन्डियाको विमान किन फर्कियो हङकङ नै ?

हङकङबाट दिल्ली आइरहेको एयर इन्डियाको विमान किन फर्कियो हङकङ नै ?

हङकङ :  हङकङबाट दिल्लीका लागि उडान भरेको भारतीय वायु सेवा प्रदायक कम्पनी एयर इन्डियाको विमान हङकङ नै फर्किएको छ । आकाशमा उडिरहेको समयमा एयर इन्डियाको एआई ३१५ मा प्राविधिक समस्या आएको आशङ्का भएपछि पाइलटले उडानलाई आफ्नो मूल गन्तव्यतिर फर्काएको बताइएको छ ।

उडानमा प्रयोग भएको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो । यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर विमान फर्काइएको बताइएको छ । इयर इन्डियाले यस घटनाबारे आधिकारिक विज्ञप्ति जारी गरिसकेको छैन । विमान हङकङबाट दिल्लीका लागि उडेको थियो । यस घटनाबारे अरू जानकारी आएको छैन ।

लन्डन गइरहेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर अहमदावाद विमानस्थलबाट उडेको केही बेरमा अहमदावादमा दुर्घटनाग्रस्त भएको चार दिनपछि यो घटना भएको हो । सो घटनामा विमानमा सवार यात्रु र क्रु मेम्बर समेत २४१ जनाको मृत्यु भएको थियो । विमान खस्दा जमिनमा अरू २९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij