काठमाडौं : इजरायली रक्षा बल (आइडिएफ) ले देशभरका नागरिकलाई सुरक्षित स्थान (सेल्टर) छाड्न मिल्ने घोषणा गरेको छ। तर, नागरिकहरूलाई अझै पनि ती सेल्टरहरूको नजिकै रहन आग्रह गरिएको बीबीसीले जनाएको छ।यसअघि सेनाले नागरिकलाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा बस्न निर्देशन दिएको थियो।
सेनाका अनुसार पछिल्लो एक घण्टामा इरानबाट प्रक्षेपित दर्जनौँ मिसाइलमध्ये केहीलाई रोक्न सफल भएको छ। यद्यपि केही क्षेप्यास्त्रहरू इजरायली भू–भागमा खसेको रिपोर्ट प्राप्त भएको छ।
देशका विभिन्न स्थानहरूमा खसेका क्षेप्यास्त्रहरूको रिपोर्टका आधारमा खोज तथा उद्धार टोलीहरू परिचालित भइसकेका सेनालाई उदृद्ध गर्दै बीबीसीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij