Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबिच सहकार्य जरुरी: उपप्रमुख डङ्गोल

विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबिच सहकार्य जरुरी: उपप्रमुख डङ्गोल

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृतिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले सङ्कटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा उसको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

संघ, प्रदेश र स्थानीय सरकारबिच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्यूनीकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरिन् ।

सशस्त्र प्रहरी बल नेपाल का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताए । उनले विपद् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका कृतिम अभ्यासहरु सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिए ।

पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानका कारण ठुलो धनजनको क्षति भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट