Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

नेपाललाई छैटौँ स्थानमा उक्लिन आज ओमानलाई हराउनैपर्ने

नेपाललाई छैटौँ स्थानमा उक्लिन आज ओमानलाई हराउनैपर्ने

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। दुई देशबीचको खेल अल अमिरातमा नेपाली समयअनुसार आज बिहान सवा ११ बजेदेखि शुरू हुनेछ। 

आज ओमानसँगको खेलमा विजयी भए नेपाल ३० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लनेछ। त्यसपछि नेपालले जारी लिग–२ प्रतियोगिता पनि छैटौं स्थानमै रहेर टुंग्याउने छ। तर, ओमानसँग पराजित भए नेपालको छैटौं बन्ने सपना समाप्त हुनेछ।

क्यानडा २९ अंकसहित तालिकाको छैटौं स्थानमा छ। ३५ खेलबाट २८ अंक जोडेको नेपाल भने तालिकाको सातौं स्थानमा छ। लिग २ को शिर्ष ६ मा पर्ने टोलीले ओडिआई मान्यता कायमै राख्ने सम्भावना धेरै रहेकोले पनि नेपालले अब अन्तिम खेल जित्नुपर्ने छ।

यसअघि शीर्ष–४ को होडबाट बाहिरिसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको थियो। अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij