काठमाडौं : विपद्, युद्ध लगायत विशेष मानवीय कारणले अमेरिकामा अस्थायी रुपमा बसोबासको अनुमति दिएका हजारौं आप्रवासीलाई तत्काल देश छोड्न निर्देशन दिइएको छ ।अमेरिकी गृह सुरक्षा विभाग जारी गरेको विज्ञप्तिमा क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट आएका ती नागरिकहरुलाई तत्काल अमेरिका छोड्न इमेल मार्फत् जानकारी गराइएको उल्लेख गरिएको छ ।अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले जारी गरेका आदेशहरू अन्तर्गत् ती चार देशका पाँच लाखभन्दा बढी नागरिकलाई दुई वर्षसम्म अमेरिका बस्न अनुमति दिइएको थियो ।
मानवतामा आधारित अस्थायी बसोबास अनुमतिका रुपमा चिनिने यस कार्यक्रमलाई बाइडेन प्रशासनले ती देशहरूमा रहेको संकटजन्य अवस्थालाई ध्यानमा राखी विस्तार गरेको थियो ।तर अब डोनाल्ड ट्रम्प प्रशासनको कठोर आप्रवासन नीतिसँग मेल खाने नयाँ निर्देशन लागू गर्न लागिएको छ । जसले कानुनी चुनौतीहरूको सामना गर्न सक्ने विश्लेषण गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij