Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारत विमान दुर्घटना अपडेटः चालक दलका १२ सदस्यसहित २४१ जनाको मृत्यु

भारत विमान दुर्घटना अपडेटः चालक दलका १२ सदस्यसहित २४१ जनाको मृत्यु

काठमाडौं : भारतको अहमदाबादमा  हिजो दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा  सवार २ सय ४२ यात्रु मध्ये १ जनाको जीवितै  उद्दार गरिएको छ । चालक दलका १२ सदस्य सहित अन्य २ सय ४१ जनाको मृत्यु भएको जनाइएको छ ।दुर्घटनाग्रस्त विमानबाट जीवितै उद्दार गरिएका बेलायती नागरिक विश्वासकुमार रमेश विमानबाट उछिट्टिएर बाँच्न सफल भएका छन् ।

उनको अहमदावादकै अस्पतालमा उपचार भइरहेको छ । विमान उडेको केहीबेरमै आवासीय क्षेत्रमा खसेकाले जमिनमा पनि धेरै क्षति भएको अनुमान  गरिएको छ । क्षतिको  सम्पूर्ण विवरण आइसकेको छैन । जमिनमा  रहेकाहरुको  मानवीय  क्षति भए नभएको विवरण पनि  आइसकेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

पश्चिम भारतीय शहर अहमदाबादबाट बेलायतको लण्डनस्थित ग्याटविक विमास्थलका लागि उडेको एयर इन्डियाको विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij