काठमाडौं : अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गर्नुभएको छ ।बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७–८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १:३० बजे दुर्घटनाग्रस्त भएको थियो ।
एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भन्नुभयो, “प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ । उहाँको अस्पतालमा उपचार भइरहेको छ ।”दुर्घटनापछि केन्द्रीय ‘रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)’ ले उद्धार र राहत कार्यमा सहयोग गर्न करिब १५० सुरक्षाकर्मी परिचालन गरेको छ ।
सीआरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “र्यापिड एक्सन फोर्स (आरएएफ) को १०० बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको ‘ग्रुप सेन्टर’का जवानलाई दुर्घटनास्थलमा पठाइएको छ ।
गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) टोलीलाई उद्धार कार्यमा सहयोग गर्न परिचालन गरेको छ।एयर इन्डियाका अनुसार लण्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियाली र सात जना पोर्चुुगाली नागरिक रहेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij