Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

यस्तो देखियो एयर इण्डियाको विमान दुर्घटना (तस्वीरहरू)

यस्तो देखियो एयर इण्डियाको विमान दुर्घटना (तस्वीरहरू)

काठमाडौं : भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्‍ने आवासमाथि खसेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्‍चार माध्यमहरूले उल्लेख गरेको छ ।यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्‍चारमाध्यले जनाएको छ ।

भारतीय मिडियाहरूका दुर्घटनाग्रस्त विमानबाट एक सय शव निकालेको दाबी गरेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij