Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान

काठमाडौँ : किर्तिपुरस्थित त्रिवीभुवन विश्वविद्यालयमा जारी अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि आज (बिहीबार) मतदान हुँदै छ। निर्वाचन कमिटीले प्रकाशन गरेको कार्यतालिका अनुसार आज ८ बजेदेखि मतदान हुने लागेको हो ।

मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । राम लक्ष्मण इनोभेसनका विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर बिहान ८ बजेदेखि मतदान हुनेछ । आयोजक कार्यालय सदस्य मदन विष्टले ४५ वटा भोटिङ मेसिनमार्फत मतदान हुने र मतदान सकिएको केही समयमै मत परिणाम आउने बताए।

निर्वाचन कमिटीले यसअघि बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ। कार्यतालिका अनुसार मतदानको काम सकिएपछि मतगणना, निर्वाचन परिणामको घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यतालिका रहेको छ ।

नयाँ नेतृत्वका लागि देशभरबाट आएका १५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् । अनेरास्ववियुको अध्यक्षका लागी डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । कडरियाको प्यानलबाट दिपक धामी र पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट