प्रेस सेन्टर नेपालले समाचार हटाउने आदेश दिनु र पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गर्नु संविधानमाथिको प्रहार भनेको छ। पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा यसो भनिएको छ।
बुधबार (आज) जारी विज्ञप्तिमा नेपालखबर र बिजमाण्डुमा प्रकाशित समाचार हटाउने आदेश दिइएको र आगामी दिनमा त्यस्ता समाचार नलेख्न भनिएको भन्दै त्यसका प्रति पनि भर्त्सना गरिएको छ।
'नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन र थप समाचार नलेख्न जिल्ला अदालत काठमाडौँले दिएको आदेश र प्रहरीले सोही अदालतबाट वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न पुर्जी लिनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो। यो प्रेस स्वतन्त्रता, लोकतन्त्र र संविधानमाथिको प्रहार हो। प्रेस सेन्टर नेपाल यसप्रकारको कार्यको घोर निन्दा गर्दछ,' विज्ञप्तिमा भनिएको छ।समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने बाटो खुला रहेको भए पनि अदालतमा मुद्दा दायर गरिनु संवैधानिक दायित्व बिर्सनु भएको टिप्पणीसमेत गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij