चितवन : भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलकी संस्थापक प्रिन्सिपल इन्दिरा कार्की तीन अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित हुनुभएको छ । शिक्षा तथा सामाजिक सेवामा विशिष्ट योगदान पुर्याउँदै आउनु भएकी कार्कीलाई काठमाडौंमा आयोजित कार्यक्रममा एकै साथ तीन अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
समारोहमा स्विट्जरल्यान्डको लुगानो क्षेत्रीय पर्यटन बोर्डका अध्यक्षले कार्कीलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो । सोही अवसरमा एमआईजी इटाली र वोर्ल्ड काइन्डनेस मुभमेन्टको संयुक्त पहलमा उहाँ इटाली र एम्बेसडर अफ काइन्डनेस विटवीन नेपाल एण्ड इटालीु को प्रतिष्ठित उपाधिबाट समेत सम्मानित हुनुभएको छ ।यस्तै विश्वभरका राष्ट्रहरूबीच शान्ति स्थापनाका लागि सांस्कृतिक कूटनीतिलाई प्रवर्द्धन गर्दै आएको योगदानको कदर स्वरूप उहाँलाई साइन्स अफ पिस अवार्डु समेत प्रदान गरिएको छ।
सम्मान ग्रहणपछि कार्कीले यो सम्मान पाउँदा गर्वको महसुस भएको बताउनुभयो । यो सम्मान पाउँदा गर्व र कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो सम्मान मेरो व्यक्तिगत प्रयास मात्र होइन, मलाई साथ दिने मेरो टिम र शुभेच्छुकहरूको निरन्तर सहयोगको परिणाम हो, उहाँले भन्नुभयो, देश र समाजका लागि अझ राम्रो योगदान दिन म प्रतिबद्ध छु।
सांसद अर्जुन नरसिंह केसी प्रमुख अतिथिका रहेको समारोहमा संगीतकार शम्भुजित बास्कोटा, सामाजिक अभियन्ता अर्जुन अधिकारी, मिलन न्यौपाने तथा विभिन्न संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता र सफल व्यवसायिक उद्यमीहरूको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij