Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

केआइइसी नयां व्यवस्थापनसहित आफ्नै भवनमा, रोडशो आयोजना

केआइइसी नयां व्यवस्थापनसहित आफ्नै भवनमा, रोडशो आयोजना

चितवन : काठमाडौँको पुतलीसडकमा कर्पोरेट कार्यालय रहेको केआइइसी प्रा.लि.ले जेठ २५ गते आइतबारदेखि देशका ११ वटा शहरमा पालैपालो केआइइसी रोडशो आयोजना गरेको छ, जस अन्तर्गत चितवनको नारायणगढ, लायन्सचोकमा जेठ २९ गते बिहीबार रोडशो आयोजना हुने भएको छ । केआइइसी चितवनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी रोडशोबारे जानकारी गराएको हो ।

केआइइसी चितवनका संचालक अच्युतराज भट्टले नयाँ व्यवस्थापनका साथ लायन्सचोकबाट तीन साताअघि सेवा सुरु गरिएको जानकारी दिए । अङग्रेजी भाष बोलिने अमेरिका, युके, जर्मनीलगायतका देशहरुमा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भाषा कक्षालगायतका सेवा दिँदै आएको उनले बताए ।

बिहीबार एक दिन हुने केआइइसी रोडशोमा विभिन्न देशका विभिन्न कलेजबाट विभिन्न व्यक्तित्वहरु आउने र विद्यार्थीहरुले उनीहरुसँग आफ्ना जिज्ञासा राख्न सक्ने भट्टले बताए । रोडशोमा आउने विद्यार्थीमध्यै १५ जनालाई गोलाप्रथाबाट २९ रुपैयाँमै भाषा कक्षा सिक्ने अवसर दिइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij