Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन पोल्यान्ड उडिन् दिक्षा

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन पोल्यान्ड उडिन् दिक्षा

काठमाडौँ : ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन् । पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन् ।

उनी आज (सोमबार) बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट पोल्यान्ड उडेकी हुन् । ९ देखि २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा निकै खुसी लागेको उनले बताइन् । ‘मलाई एकदमै खुसी लागेको छ । विश्वका ७० बढी देशहरूबाट सहभागिताका लागि आउनुहुनेछ । त्यो ठुलो स्टेजमा नेपालबारे सबैलाई चिनाउनेछु’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट