Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अक्षय र अरशदलाई उच्च अदालतबाट राहत

अक्षय र अरशदलाई उच्च अदालतबाट राहत

राजस्थान : अभिनेता अक्षय कुमार र अरशद वारसीको फिल्म जली एलएलबी–३ विरुद्ध अजमेरमा दायर गरिएको मुद्दा राजस्थान उच्च अदालतले खारेज गरेको छ। न्यायाधीश अशोक जैनको एकल इजलासले केवल आशंका र अनुमानको आधारमा कुनै पनि दाबी दर्ता गर्न नहुने स्पष्ट पारेको हो।

अदालतको यस निर्णयसँगै फिल्म निर्माण पक्षले ठूलो राहत पाएको छ। फिल्मको निर्देशन सुभाष कपूरले गरेका छन् र यस वर्षको सेप्टेम्बरमा रिलिज हुने अपेक्षा गरिएको छ।राजस्थान उच्च अदालतले भन्यो, ‘फिल्म अहिले निर्माणाधीन अवस्थामा रहेको र यस्तो अवस्थामा यो भन्नु कि यसले न्यायाधीश र वकिलहरूको छवि खराब गर्छ भन्ने केवल एक अनुमान मात्र हो।’

साथै अदालतले सिनेमेटोग्राफी ऐन, १९५२ को हवाला दिँदै जबसम्म फिल्म सार्वजनिक रूपमा रिलिज हुँदैन, तबसम्म यसको सामग्री सार्वजनिक गर्न नसकिने बताएको छ । यदि कसैलाई फिल्मका दृश्यहरूबाट आपत्ति छ भने त्यसका लागि सेन्सर बोर्डमा उजुरी र अपील गर्ने प्रक्रिया उपलब्ध रहेको अदालतले बताएको छ।

अजमेर जिल्ला बार एसोसिएसनका अध्यक्ष चन्द्रभान राठौरले फिल्मको छायांकन रोक्न माग गर्दै निवेदन दायर गरेका थिए। यसविरुद्धमा अभिनेता अक्षय कुमार, अरशद वारसी र निर्देशक सुभाष कपूरले राजस्थान उच्च अदालतमा पुनरावलोकन निवेदन दायर गरेका थिए।

अदालतको यो फैसलासँगै फिल्मलाई कानुनी रूपमा राहत मिलेको छ र अब यसको छायांकनमा कुनै प्रतिबन्ध लाग्ने छैन। फिल्ममा अक्षय कुमार र अरशद वारसीसँगै हुमा कुरेशी र अमृता राव पनि देखिनेछिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij