Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

देशभरका गुप्तचर सरुवा, हुतराजले करोडौं उठाएको आरोप

देशभरका गुप्तचर सरुवा, हुतराजले करोडौं उठाएको आरोप

काठमाडौं : देशभर गुप्तचरको फेरबदल गर्ने क्रममा भक्तपुरका टेकराज तिमल्सिना भने त्यही बस्न सफल भएका छन् । भक्तपुर नै घर बनाएका तिमल्सिनालाई विभागले माया गरेर त्यही राखिएको हो । खासगरी भक्तपुर मालपोत कार्यालयतिर मात्रै भेटिने उनको सरुवा नहुने कारण भनेकै राजधानी बसेर शक्तिको आराधना गरिरहनु नै हो।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले आफू अवकाशको नजिक पुगेका बेला सबैजसो जिल्लाका गुप्तचर प्रमुखको सरुवा गरिरहेका छन् । एसपीपछि अब डीएसपीहरूको सरुवा तयारी गरिरहेका छन् । एसपी सरुवामा मनोमानी गरेको आरोप उनीमाथि लागिरहेको छ । देशभरका गुप्तचर सरुवा गरेर प्रमुख हुतराज थापाले करोडौं उठाएको आरोप लागेको छ । आर्कषक जिल्लाहरुको हकमा १० देखि १५ लाख प्रिपेड बझेर उनले मनोमानी सरुवा गरेको स्रोतको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत माओवादी निकट रहेका थापालाई मन नपराएको बेला एसपी सरुवापछि झन समस्या उत्पन्न भएको बुझिएको छ । तराई मधेशका सीमावर्ती क्षेत्रका जिल्लाहरमा बसेर तस्करी सेटिङ गरेवापत कुस्त कमाएर बुझाउने तर कमजोर क्षमता भएकालाई महत्वपूर्ण जिल्लाको प्रमुख बनाइएको छ भने चलखेलमा नलानेलाई दुर्गम पठाइएको छ। अझ तराईबाट पुन अर्को तराईकै जिल्ला सरुवा गरिएको छ ।

गुप्तचर प्रमुख थापाका विश्वासपात्र रहेका एसपी टेकराज तिमल्सिनालाई विगत चार वर्षदेखि भक्तपुरमा राखिएको छ । आगामी भदौमा अवकाश पाउन लागेका थापाले जाने बेलामा सरुवाबाट राम्रै आर्थिक आम्दानी गरेको आशंका बढेको मात्र होइन तराईबाट तराई र भक्तपुरमा तिमल्सिनाको थमौतीले पुष्टि गरेको विभाग स्रोतको दावी छ । अहिले सरुवा गरिएकाहरुमा झापामा उमेश पाण्डे, मोरङमा राजन शर्मा सापकोटा, सुनसरीमा विमल घिमिरे, धनुषामा तिलक प्रसाई, सप्तरीमा कुलचन्द्र नेपाल, मकवानपुरमा हेमन्त कार्की र काभ्रेमा दीपक खड्‌कालाई पठाइएको छ । त्यस्तै चितवनमा सुरेश तिवारी, तनहुँमा मनोज ढकाल, कास्कीमा मोहन कुँवर, रूपन्देहीमा प्रकाश आचार्य, बाँकेमा हरिस विष्ट, कपिलवस्तुमा हिरण्य कुँवर, बर्दियामा रमेश सिंह डांगी र कैलालीमा महेश बोहोराको सरुवा भएको छ । धादिङका नगेन्द्र गिरीलाई बागलुङ सरुवा गरिएको छ । गिरी यसअघि बागलुङबाटै धादिङ आएका थिए । एआईजी ओम जोशीका साला पवन जोशीलाई बर्दियाबाट गोरखा ल्याइएको छ । भावी प्रमुखको रुपमा चिनिएका जोशीले पवनलाई गोरखा ल्याएका हुन् । हुनत टेकेन्द्र कार्की पनि भावी प्रमुखको दाबेदार हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट