Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारतको उत्तराखण्डमा हेलिकप्टरको सडकमा आपतकालीन अवतरण

भारतको उत्तराखण्डमा हेलिकप्टरको सडकमा आपतकालीन अवतरण

काठमाडौँ : भारतको उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टरको सडकमा आपतकालीन अवतरण गरिएको छ । केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको यो हेलिकप्टर पाँच यात्रु लिएर केदारनाथ जाँदै थियो ।उडान भरेपछि हेलिकप्टरमा प्राविधिक गडबडी पछि पाइलटले यसलाई सडकमा सकुशल अवतरण गराएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

हेलिकप्टरमा रहेका पाँचै यात्रु सुरक्षित रहेका छन् भने पाइलटलाई सामान्य चोट लागेको बताइएको छ ।आपतकालीन अवतरणको क्रममा सडकमा पार्क गरिएको कार क्षतिग्रस्त भएको छ भने यस घटनाले हेली शटल सेवालाई कुनै असर नपारेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij