Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुर महानगरले फुटपाथ कब्जामाथि कडाइ, अटेर गर्ने व्यवसायीको सामान जफत

भरतपुर महानगरले फुटपाथ कब्जामाथि कडाइ, अटेर गर्ने व्यवसायीको सामान जफत

नारायणगढ  : भरतपुर महानगर प्रहरीले  नारायणगढका व्यवसायीहरूले फुटपाथ कब्जा गरेर व्यापार गर्न थालेपछि फुटपाथमा राखेका सामान जफत गर्न थालेको छ ।

महानगर प्रहरी नायव उपरीक्षक कृष्णहरि ढकाल नेतृत्वको टोलीले नारायणगढको लायन्सचोकदेखि पुलचोकसम्मका क्षेत्रमा फुटपाथमा राखिएका सामान जफत गरेको हो ।

फुटपाथमा हिँड्दा समस्या हुने गरेको जनगुनासो आएपछि बाटोमा अवरोध गरेर राखिएका सामान जफत गर्न थालिएको महानगर प्रहरी नायव उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

उहाँले कतिपय व्यवसायीलाई सचेत गरिएको भन्दै अटेर गर्नेहरूको सामान जफत गरिएको बताउनुभयो । उहाँले फुटपाथमा सामान नराख्न सबै व्यवसायीहरूलाई आग्रह समेत गर्नुभयो । सामान जफत गर्दा केही व्यवसायीहरूको नगर प्रहरीसँग चर्काचर्की परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij