Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मस्कसँग मनमुटाव भएपछि टेस्ला बेच्दै ट्रम्प

मस्कसँग मनमुटाव भएपछि टेस्ला बेच्दै ट्रम्प

एजेन्सी :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिना पहिले आफूले एलन मस्कको कम्पनी टेस्लाको एक कार खरिद गरेको बताएका थिए । ट्रम्पले आफूसँग लफडा गरेका विश्वकै धनाढ्य व्यापारी एलन मस्कको कम्पनीबाट खरिद गरेको कार नै बेचिदिने भएका छन्‌ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसको लेनमा राखिएको रातो रङ्गको कार पत्रकारहरूलाई देखाउँदै उनले उक्त कारको क्रेता आफू रहेको भनेका थिए । तर, ट्रम्पले अब उक्त कार बेच्ने भएका हुन्‌ । मस्कसँग मनमुटाव भएपछि उनको कम्पनीबाट खरिद गरिएको कार नै बेच्ने योजना ट्रम्प पुगेका बीबीसीमा खबर छ ।

आर्थिक मामिलामा ट्रम्प प्रशासनको हर्ताकर्ता भएर मस्कले अमेरिकाबाट विश्वभर प्रवाह भइरहेको सहायतामा डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी ९डज०मार्फत कैँची चलाएका थिए ।

अमेरिकी अर्थ-राजनीतिक विश्लेषकहरूले ट्रम्प राष्ट्रपति भए पनि अमेरिकी सङ्घीय सत्ताको हर्ताकर्ता खर्बपति व्यापारी एलन मस्क नै रहेको बताउने गर्थे । ट्रम्पले बिहीबार ‘मस्कले आफ्नो कम्पनी टेस्लालाई घाटा हुने भएर आफूले ल्याएको खर्च विधेयकको विरोध गरेको’ आरोप लगाएका थिए । विद्युतीय गाडी (ईभी) ले पाइरहेको कर छुट विधेयकमार्फत अन्त्य गर्न खोजेकाले मस्क चिढिएको उनको दाबी थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij