भरतपुर : सन्देश अधिकारी भरतपुर महानगरपालिकाको इन्चार्जमा नियुक्त भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) केन्द्रीय समितिको बैठकले उनलाई इन्चार्जको जिम्मेवारी तोकेको हो । उनी असोजमा सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निरविरोध निर्वाचित भएका थिए ।
कम्प्युटर सिस्टम इन्जिनियरिङमा स्नातक गरेका अधिकरी वीरेन्द्र बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर अन्तिम वर्षमा र आइएसएमटी कलेजमा ब्यवस्थापनमा स्नातकोत्तर अध्ययन गर्दै आइरहेका छन् ।
अधिकारीले २०६३ सालमा अखिल (क्रान्तिकारी)को सदस्यता लिएपछि संगठनमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । २०६७ सालमा भानु माविको सचिव र २०६८ मा कार्यवाहक अध्यक्ष बनेका अधिकारी २०६९ मा जिल्ला सदस्य बनेका थिए । अधिकारी २०७२ मा युटेक इन्जिनियरिङ कलेजको अध्यक्ष र सोही वर्षदेखि २०७७ सम्म वाइसिएल भरतपुर–११ का अध्यक्षसमेत हुन् ।
२०७८ देखि २०८० सम्म उनले अखिल (क्रान्तिकारी) चितवन जिल्ला प्राविधिक समितिको अध्यक्षसमेत बने । यसअघि उनी २०८१ मा भरतपुर महानगरपालिकाको सचिव थिए । विद्यार्थी राजनीतिक जीवनसँगै अधिकारी नेकपा (माओवादी केन्द्र) भरतपुर–११ वडाका पार्टी सचिवको रूपमा २०७८ मङ्सिर ४ देखि २०८१ साउन २६ सम्म कार्यरत थिए ।
संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका अधिकारीको नयाँ जिम्मेवारीले भरतपुरमा विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij