Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

बाजुराको बाम्का बजारमा लागेको आगो नियन्त्रणमा, १२ वटा भन्दा बढी पसल जलेर नष्ट

बाजुराको बाम्का बजारमा लागेको आगो नियन्त्रणमा, १२ वटा भन्दा बढी पसल जलेर नष्ट

बाजुरा: बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा लागेको आगो अहिले साँझ मात्र नियन्त्रणमा आएको छ ।आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको थियो ।

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो ।

आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उहाँले आगो लाग्नुको कारण भने खुल्न नसकेको उल्लेख गर्नुभयो ।हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट