Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनको कालिकामा भेटियो दुई नयाँ प्रजातिका पुतली

चितवनको कालिकामा भेटियो दुई नयाँ प्रजातिका पुतली

रत्ननगर : चितवनको कालिका नगरपालिकामा दुई वटा नयाँ प्रजातिको पुतली फेला परेको छ ।कालिका नगरपालिका वडा नं. ९ सिन्ती झरना नजिकै तथा शक्तिखोर खोला नजिकै नेवारी तीन आँखे (Newar Three-ring) र ईन्द्रजित (Plain Puffin) पुतली  एक/एक वटा गरी दुई नयाँ प्रजातिका पुतली फेला परेको हो ।

पुतली विद नेदरल्याण्डका बिदेशी नागरिक Piet van der Poel, टेक बहादुर गुरुङ र कपिल प्रसाद पोख्रेलले मिलेर शक्तिखोर खोला, सिन्ती झारना र गैरिबारीमा पुतलीको सर्वेक्षण गरेका थिए ।

सर्वेक्षणका क्रममा नेपालमा अतिनै दुर्लभ मानिएको नेवारी तिन आँखे (Newar Three-ring) र इन्द्रजित (Plain Puffin) पुतली फेला परेको चितवनका पुतली विद एंव वर्ड एजुकेशन सोसाईटी चितवनका पूर्व अध्यक्ष टेक वहादुर गुरुङले जानकारी दिए ।

हालसम्म चितवनमा करिब ३ सय प्रजातिका पुतली फेला परेका छन् ।बिदेशी नागरिक Piet van der Poel ले भेटिएको पुतली भुटानमा मात्र देखेको तर नेपालमा पहिलो पटक चितवनको कालिकामा मात्रै फेलापरेको हुँनाले बिदेशी नागरिक धेरै हर्षित भएको गुरुङले बताए ।

गुरुङले भने, उक्त मनोरम स्थलहरुमा नेपाली पर्यटकको चाप बड्दो छ, तर त्यस स्थानमा फालिएका प्लाष्टिक र सिसाजन्य फोहोरका कारण वातावरण प्रदुषित बनेको छ । यस फोहोरलाई उचित स्थानमा लगेर फाल्नु पर्ने देखिन्छ, तत्कालै स्थानिय सरकारले फोहोरको विषयमा ध्याना दिन जरुरीछ ।

उक्त सर्वेक्षणका क्रममा ३५ प्रजातिका पुतलीहरु भेटेका थिए । वर्ड एजुकेशन सोसाईटी चितवनका संस्थापक सदस्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रिटाएर सिनियर प्राविधिक कपिल प्रसाद पोख्रेलका अनुसार हालसम्म उक्त स्थानमा १ सय २० प्रजातिका पुतलीहरु फेला परेको जानकारी दिए ।

नेपालमा पुतली हेरेर आफ्नो जीवन बिताएका पुतली बाजे नामले प्रख्यात पुतली बाजे (Colin Smith) को रेकोर्ड अनुसार भेटिएका दुवै प्रजातिका पुतलीहरु अति दुर्लभ प्रजातिको भनेर आफ्नो किताबमा उल्लेख गरेका छन्, जुन चितवनको लागि अति नै गौरको विषय हो ।चितवनमा दुर्लभ वन्यजन्तु बाघ, भालु, गैंडा र हात्ती मात्र नभई अति नै दुर्लभ प्रजातिका चराहरु पनि भेटिने गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij