Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

खगेरी सिँचाइ जल उपभोक्ता संस्था शिवनगरको अन्तरक्रिया कार्यक्रम सम्पन्न

खगेरी सिँचाइ जल उपभोक्ता संस्था शिवनगरको अन्तरक्रिया कार्यक्रम सम्पन्न

भरतपुर  : खगेरी सिँचाइ जल उपभोक्ता संस्था शिवनगरको सिँचाइ शुल्क संकलन तथा अभिलेख विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संस्थाको सभाहलमा भएको उक्त कार्यक्रममा मुल समितिका पदाधिकारीहरु, १३ वटा शाखा प्रसाखा समितिका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको थियो ।

मुल समिति अध्यक्ष वेलबहादुर गुरुङ्ग, उपाध्यक्ष खिलराज रेग्मी, कार्यलय प्रमुख प्रकाश तिमिल्सिना, वरिष्ठ ईन्जिनियर कुलराज चालिसे लगायतले कार्यक्रममा  सहजिकरण गर्नुभएको थियो । वेलबहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष खिलराज रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सो कार्यक्रममा अध्यक्ष गुरुङ्गले सहभागीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो । उक्त कार्यक्रममा नयाँ कार्यलय प्रमुखलाई सम्मान गरिनुका साथै प्रशासनिय काम गरेका शाखा समितिहरुको शाखा नै २, ६ पुर्वी र ८ नं. लाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालकको भुमिकामा संस्थाका सचिव हरिश्चन्द्र दहाल रहनुभएका थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij