Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भर्जिनियामा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला

भर्जिनियामा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला

भर्जिनिया (अमेरिका) : अमेरिकाको राजधानीसँगै जोडिएर रहेको भर्जिनियामा अर्को एउटा दुःखद घटना नेपाली समुदायलाइ परेको छ ।गतवर्षको ममता भट्ट काण्डको अनुसन्धान टुङ्गोमा नपुग्दै नेपाली समुदायका चारजना विहीबार मृत अवस्थामा फेला परेका छन् । मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तल्लामा भाडामा बस्दै अएका चारजना मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार विहीबार साँझ लगभग १०:४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरको तल्लो तल्लामा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरे। प्रहरी पुगेपछि तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

प्रहरीका अनुसार मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन्। प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलमा एक हतियार पनि फेला परेको छ।

मृत व्यक्तिहरूलाई मनेसास शहरको मेडिकल एक्जामिनर कार्यालयमा पठाइएको छ। प्रहरी विभागले यस घटनालाई हत्यापछि आत्महत्या (मर्डर-सुसाइड) का रूपमा अनुसन्धान गरिरहेको छ। थप जानकारीका लागि मनेसास पार्क प्रहरी विभागसँग सम्पर्क गर्न सकिने समेत विज्ञप्तीमा उल्लेख छ ।

यो घटना अमेरिकाको नेपाली समुदायका लागि गहिरो शोकको विषय भएको छ ।गत वर्ष भएको ममता भट्ट हत्याकाण्ड समेत यही सिटीमा भएको थियो । उक्त काण्डमा उनकै लोग्न] नरेश भट्टको संलग्तामा शंकामा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij