Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम आयोजना

काठमाण्डौ: ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा बृक्षारोपण कार्यक्रम गरेको हो । यसै अवसरमा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा १,००० कागतीका विरुवा रोपण गरेको हो । उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीय नागरिक लगायत बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो । त्यसैगरी, बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा विरुवा रोपण गरेको हो ।

बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक बन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरुमा ३,७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक बन) लगायतका विभिन्न स्थानमा ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरुमा २,३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १,५००, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानहरुमा ७०० र सुदुरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा २,०८६ विरुवा रोपण सुरु गरेको छ ।

बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा स्थानीय महानुभावहरुको उल्लासमय उपस्थिति रहेको थियो । बैंकले बृक्षारोपणको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक बन, विद्यायल, अस्पताल परिसरहरु तथा सार्वजनिक स्थानहरु छनौट गरेको छ । उक्त बृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट