काठमाडौं : अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम मोडेल HOT 50 Pro+ औपचारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, उन्नत प्रविधि र प्रतिस्पर्धात्मक मूल्यमा आएको यो फोन अब नेपालभर उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ।Infinix HOT 50 Pro+ को नेपाली मूल्य रू. २५,९९९ तोकिएको छ। कम्पनीका अनुसार यो स्मार्टफोन आफ्नो वर्गमा स्टाइल, पर्फमेन्स र टेक्नोलोजीको अनुपम संयोजन हो।
उत्कृष्ट डिजाइन र डिस्प्ले केवल 6.8mm मोटाई भएको SlimEdge डिजाइनमा आएको यो फोनमा 3D कर्भ्ड 6.78 इन्चको FHD+ AMOLED डिस्प्ले दिइएको छ, जसले 120Hz रिफ्रेस रेट सपोर्ट गर्छ। फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर सुविधा पनि उपलब्ध छ, जसले प्रयोगकर्तालाई सहज र स्टाइलिस अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
Infinix HOT 50 Pro+ मा Helio G100 प्रोसेसर, 8GB RAM (जिसलाई 16GB सम्म विस्तार गर्न सकिने) र 256GB को इन्टर्नल स्टोरेज दिइएको छ। यसका साथै, यो फोनमा TÜV सर्टिफाइड ५ वर्षको परफमेन्स फ्लुएन्सी सुनिश्चित गरिएको छ, जसले लामो समयसम्म स्थिर प्रदर्शन दिने कम्पनीको दाबी छ।
फोनमा 50MP डुअल AI रियर क्यामेरा र 13MP फ्रन्ट सेल्फी क्यामेरा रहेको छ। भिडियो तथा म्युजिक प्रेमीका लागि फोनमा JBL साउन्ड सिस्टमसहित डुअल स्पिकर जडान गरिएको छ, जसले साउन्ड एक्स्पेरियन्सलाई उत्कृष्ट बनाउँछ।यसैगरी फोनमा 5000mAh ब्याट्री छ, जुन 33W फास्ट चार्जिङ सपोर्ट गर्छ। साथै, यसमा XOS 14.5 अपरेटिङ सिस्टम (एन्ड्रोइड १४ मा आधारित) चल्नेजनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij