Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्‍याली

विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्‍याली

काठमाडौँ : नेपाल तरुण दलको वर्तमान कार्यसमिति भङ्ग गर्न माग गर्दा काठमाडौँमा मोटरसाइकल र्‍याली निकालिएको छ । दलका अध्यक्ष विद्वान गुरुङले महाधिवेशन गर्न नसक्ने भन्दै केन्द्रीय सदस्यद्वय सरोज न्यौपाने र रोजन राईको नेतृत्वमा भृकुटीमण्डपबाट नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपासम्म मोटरसाइकल र्‍याली गरिएको हो ।

गुरुङ नेतृत्वको तरुण दलको समिति गठन भएको दुई वर्ष पुगे पनि महाधिवेशनको प्रक्रियासमेत सुरु गर्न नसकेको आरोप उनीहरूले लगाएका छन् । कांग्रेसको पदाधिकारी बैठकले चैत मसान्तसम्म अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र त्यो समयभित्र सम्पन्न भएन भने समिति स्वतः विघटन हुने अन्तिम म्याद दिएको थियो ।

पार्टीले निर्देश गरेको अन्तिम मिति पनि समाप्त भए पनि पार्टीले न नयाँ समिति ल्याएको छ, न भङ्ग गरेको छ । र्‍यालीको नेतृत्व गरेका वर्तमान समितिकै केन्द्रीय सदस्य राई भन्छन्, ‘अहिले नै हामी वैधानिक छैनौँ । अवैधानिक कमिटीले अब अधिवेशन गर्दै जान्छु भन्ने पत्याउने कुरै भएन ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट