बर्लिन : जर्मनीमा आएको भीषण आँधीका कारण बुधबार राय एयरको विमान आपतकालीन अवतरण गर्नुपरेको छ । जर्मन प्रहरीले बिहीबार बताएअनुसार शक्तिशाली आँधीका कारण विमानमा सवार ९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विमान बर्लिनबाट मिलान जाँदै थियो । विमानमा १७९ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । राति करिब ८ः ३० बजे आँधीका कारण विमानमा शक्तिशाली झट्का महसुस भयो, जसका कारण पाइलटले पूर्व सूचना बिना नै बाभेरियाको मेमिङजेन विमानस्थलमा विमान अवतरण गर्नुपर्यो ।
यस झट्काका कारण विमानमा सवार आठ यात्रु र चालक दलका एक जना सदस्य घाइते भए । प्रहरी अधिकारीहरूका अनुसार घाइते तीन जनालाई उपचारका लागि मेमिङजेनको अस्पतालमा भर्ना गरिएको छ । सामान्य चोटपटक लागेका अन्यलाई उपचारपछि डिस्चार्ज गरिएको छ । सावधानीका रूपमा आपत्कालीन सेवाहरूले सबै यात्रुको चेकजाँच गरेका थिए ।
अधिकारीहरूले विमानलाई फेरि उडान गर्न अनुमति नदिएपछि एयरलाइन्सले यात्रुका लागि बस यातायातको व्यवस्था गर्नुपरेको यात्रुहरूलाई बसद्वारा उनीहरूको गन्तव्यमा पठाइएको बताइएको छ । मिलान मेमिंगेनबाट लगभग ३८० किलोमिटर दक्षिणमा छ ।
जर्मन समाचार एजेन्सी डीपीएका अनुसार, आँधी बेहरीले देशका अन्य क्षेत्रहरूमा पनि क्षति पुर्याएको थियो । उल्म र बाडेन–वुर्टेमबर्गमा धेरै घरहरूको छाना उडाएको खबर आएको छ । शक्तिशाली आँधीका कारण डोनास्टेटेन जिल्लामा केही घरहरूको छाना उडेको बताइएको छ । यी घटनामा अरू केही घाइते भएको खबरचाहिँ आएको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij