Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

झापा : कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको श्री सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।

कार्यक्रममा बैंकको इट्टाभट्टा शाखा प्रबन्धक निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका हुन् । सो सामग्रीमा विद्यालय झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट